शुक्रबार, चैत १६ गते २०८०    
images
images

१६९ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता

images
images
१६९ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता
images
images

काठमाडौं- सात दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। 

images
images
images

नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्ती बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको हो। 

images

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिएको छ। 

images
images

राष्ट्रपति विद्या भण्डारीले सोही प्रस्तावका आधारमा प्रचण्डलाई आइतबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना देखिएको छ।

७ दलबाट गरी प्रतिनिधिसभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ। 

यस्तै स्वतन्त्र रुपमा विजयी तीन सां‌सदले पनि समर्थन गरेका छन्। जसमा किरणकुमार साह, अमरेसकुमार सिंह र प्रभु साहले समर्थन गरेका हुन्। 

 

images

प्रकाशित : आइतबार, पुस १० २०७९११:५२

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ