शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

१६९ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता

आइतबार, पुस १० २०७९
१६९ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता

काठमाडौं- सात दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। 

नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्ती बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको हो। 

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिएको छ। 

राष्ट्रपति विद्या भण्डारीले सोही प्रस्तावका आधारमा प्रचण्डलाई आइतबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना देखिएको छ।

७ दलबाट गरी प्रतिनिधिसभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ। 

यस्तै स्वतन्त्र रुपमा विजयी तीन सां‌सदले पनि समर्थन गरेका छन्। जसमा किरणकुमार साह, अमरेसकुमार सिंह र प्रभु साहले समर्थन गरेका हुन्। 

 


प्रकाशित : आइतबार, पुस १० २०७९११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend