सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राष्ट्रियसभाले फिर्ता लियो रेल्वे विधेयक 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
राष्ट्रियसभाले फिर्ता लियो रेल्वे विधेयक 

प्रतिनिधिसभाको अघिल्लो बैठकले उक्त सहमतिको सिफारिसका लागि राष्ट्रियसभामा पठाएको थियो।

काठमाडौं- राष्ट्रियसभाको सोमबारको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अघिल्लो बैठकले उक्त सहमतिको सिफारिसका लागि राष्ट्रियसभामा पठाएको थियो।

यो पनि-

रेल चल्ने टुंगो छैन, चलाउने भारतीय कम्पनीलाई अग्रिम भुक्तानी
भारतसँग सम्झौता तर अझै चल्ने भएन रेल


प्रकाशित : सोमबार, असोज २५ २०७८०९:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend