बिहीबार , मंसिर १३ गते २०८१    
images
images

नि:शुल्क देखाउनुपर्ने विश्वकपका खेल प्रसारणमा मिडिया हबले आलटाल गरेपछि मन्त्रालयले दियो निर्देशन 

images
शुक्रबार, मंसिर २ २०७९
images
images
नि:शुल्क देखाउनुपर्ने विश्वकपका खेल प्रसारणमा मिडिया हबले आलटाल गरेपछि मन्त्रालयले दियो निर्देशन 

मिडिया हबले हिमालय टेलिभिजनसँगको साझेदारीमा फुटबल प्रत्यक्ष प्रसारण गर्ने र त्यसका लागि चार खेलबाहेक अरु हेर्नका लागि अतिरिक्त पैसा तिर्नुपर्ने निर्णय गरेको थियो। 

images
images

काठमाडौं- फुटबल विश्वकपको प्रत्यक्षण प्रसारणका लागि टेलिभिजन सञ्चालक र वितरकहरूको सिन्डिकेट खडा गरि उपभोक्ताबाट चर्को शुल्क असुल गर्ने योजनामा सफल भएको मिडिया हबले नि:शुल्क देखाउनुपर्ने खेलको व्यवस्था कार्यान्वयनमा आलटाल गरेपछि सरकारले निर्देशन दिएको छ। 

images
images
images

महत्वपूर्ण खेल (चारवटा खेल) नि:शुल्क देखाउने भन्ने आधारमै टेकेर अदालतले समग्रमा ग्राहकबाट पाँच सय रुपैयाँ शुल्क उठाउन बाटो खोलिदिएको थियो। तर यही व्यवस्था कार्यान्वयनमा मिडिया हबले कुनै चासो नदिएपछि सञ्चार मन्त्रालयले निर्देशन दिएको हो। 

images

पाँच सय रुपैयाँ नतिरेका ग्राहकले पनि हेर्न पाउनेगरी प्रसारणको व्यवस्था मिलाउनका लागि मन्त्रालयले मिडिया हबलाई निर्देशन दिएको छ। मुख्य चारवटा खेल राष्ट्रिय टेलिभिजनबाट नि:शुल्क प्रसारण हुनुपर्ने व्यवस्था अनुसार नै मिलाउन निर्देशन दिइएको मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिए। 

images

'फिफाको नियमअनुसार नै यहाँ पनि प्रसारण हुनुपर्छ। र त्यो कसरी हुन्छ उहाँहरूले गर्नुपर्छ। प्याकेज नलिएका ग्राहकले पनि चारवटा खेल हेर्न पाउने व्यवस्था हुनुपर्छ। यहीअनुसार हामीले भनेका छौँ' अर्यालले भने। 

नेपालमा टेलिभिजन कार्यक्रम उत्पादन गर्दै आएको मिडिया हबले यसपटकको फुटबल विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरेको थियो। भारतीय कम्पनीले उसले अधिकार खरिद गरेपछि नेपाली ग्राहकबाट अतिरिक्त शुल्क उठाउने निर्णय गरेको थियो। 

विश्वकपमा दर्शकबाटै १ अर्ब उठाउँदैछ मिडिया हब  विश्वकपमा दर्शकबाटै १ अर्ब उठाउँदैछ मिडिया हब 

भारतीय कम्पनी भायाकमसँग मिडिया हबले विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार २० करोड रुपैयाँमा खरिद गरेको उल्लेख गरेको छ। 

मिडिया हबले हिमालय टेलिभिजनसँगको साझेदारीमा फुटबल प्रत्यक्ष प्रसारण गर्ने र त्यसका लागि चार खेलबाहेक अरु हेर्नका लागि अतिरिक्त पैसा तिर्नुपर्ने निर्णय गरेको थियो। 

यसअघि भारतीय च्यानलबाटै नेपालीले नियमित शुल्कबाटै विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाउँथे। नेपाल टेलिभिजनमार्फत पनि यसअघि विश्वकप थप शुल्कबिना हेर्ने गरेका थिए। तर यसपटक भने नेपालमै अधिकार खरिद गरेपछि मिडिया हबले ठूलो व्यापार बनाएको छ। 

ठूला कर्पोरेट तथा मिडिया जायन्टहरूलाई साथमा लिएर मिडिया हबले उपभोक्ताबाट चर्को शुल्क उठाउन हतार गरेपनि नि:शुल्क खेल देखाउनका लागि कुनै पनि तयारी नगरेपछि मन्त्रालयले चासो दिएको थियो। स्रोतहरूका अनुसार हिमालय टेलिभिजन, मिडिया हब, इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक वर्ल्डलिंक र भायानेट कम्युनिकेसनको सहभागिता छ। 


प्रकाशित : शुक्रबार, मंसिर २ २०७९१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend