बिहीबार , मंसिर १३ गते २०८१    
images
images

विश्वकपमा दर्शकबाटै १ अर्ब उठाउँदैछ मिडिया हब 

images
शुक्रबार, मंसिर २ २०७९
images
images
विश्वकपमा दर्शकबाटै १ अर्ब उठाउँदैछ मिडिया हब 

टेलिभिजन र वितरकहरूको सहकार्यमा सिन्डिकेट खडा गरि त्यसमा उपभोक्ताबाट चर्को शुल्क असुल गर्ने योजनामा मिडिया हब सफल भएको छ। 

images
images

काठमाडौं- अदालतले बाटो खोलिदिएपछि मिडिया हबले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने टेलिभिजन ग्राहकबाट ५ सय रुपैयाँ उठाउन पाउने भएको छ। ग्राहकबाट अतिरिक्त शुल्क उठाउने भएपछि सर्वसाधारणबाट विरोध भइरहेको छ। अदालतसम्म विवाद पुगेको यो केसमा मिडिया हबलाई आफ्नो निर्णय कार्यान्वयन गराउने बाटो खुलेको हो। 

images
images
images

नेपालमा टेलिभिजन कार्यक्रम उत्पादन गर्दै आएको मिडिया हबले योपालिको फुटबल विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरेको थियो। भारतीय कम्पनीले उसले अधिकार खरिद गरेपछि नेपाली ग्राहकबाट अतिरिक्क शुल्क उठाउने निर्णय गरेको थियो। 

images

भारतीय कम्पनी भायाकमसँग मिडिया हबले विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार २० करोड रुपैयाँमा खरिद गरेको उल्लेख गरेको छ। 

images

मिडिया हबले हिमालय टेलिभिजनसँगको साझेदारीमा फुटबल प्रत्यक्ष प्रसारण गर्ने र त्यसका लागि चार खेलबाहेक अरु हेर्नका लागि अतिरिक्त पैसा तिर्नुपर्ने निर्णय गरेको छ। यही निर्णयविरुद्ध अदालतमा रिट परेपनि अदालतले पैसा उठाउन पाउने भनि आदेश दिइसकेको छ। 

यसअघि भारतीय च्यानलबाटै नेपालीले नियमित शुल्कबाटै विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाउँथे। नेपाल टेलिभिजनमार्फत पनि यसअघि विश्वकप थप शुल्कबिना हेर्ने गरेका थिए। तर यसपटक भने नेपालमै अधिकार खरिद गरेपछि मिडिया हबले ठूलो व्यापार बनाएको छ। 

यसरी प्रसारण अधिकार खरिद गरेपछि घाटामा कुनै पनि सेवा सञ्चालन सम्भव त हुँदैन। तर यसका लागि कतिपय प्रसारण संस्थाले विज्ञापनबाट पैसा असुल गर्छन्। नेपालमा पनि मिडिया हबले विज्ञानबाट पनि पैसा उठाउने छ। तर यउसले ग्राहकबाटै लागत उठाएरै धेरै नाफा गर्ने नीति लिएको छ। 

एउटा सामान्य अनुमान अनुसार मिडिया हबले एक अर्ब शुल्क असुल गर्ने देखिन्छ। अधिकार खरिद तथा प्रबर्द्धनमा गरि कूल ४० करोड खर्च हुने प्रक्षेपण गरेको मिडिया हबले शुल्क नै एक अर्ब उठाउने देखिन्छ। 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांक अनुसारका ७२ प्रतिशत घर परिवारमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ। सेटअप बक्स वितरणको तथ्यांकका आधारमा यो प्रतिशत निकालिएको हो। यही सूचकअनुसार ५६ लाख घरधुरी मान्दा पनि ४० लाख घरधुरीमा टेलिभिजन पहुँच पुगेको छ। 

सेवाप्रदायहरूका अनुसार पनि नेपालमा औपचारिक रुपमै ४५ लाखबढी सेटअप बक्स वितरण गरिएको तथ्यांक रहेको छ। यद्यपि त्यसमध्ये नियमित सक्रिय ग्राहकको संख्या भने अहिले न्यूनतम २५ लाख रहेको व्यवसायीहरूले बताएका छन्। 

२५ लाख घरधुरीमध्ये सामान्य समयमा २० प्रतिशतले प्रिमियम स्पोर्टस च्यानलको सेवा लिएका हुन्छन्। तर विश्वकप फुटबलमा पहिलो कुरा त अहिले निष्क्रिय रहेका ग्राहक सक्रिय हुने र फुटबल हेर्ने ग्राहक कम्तिमा ७० प्रतिशत हुने अनुमान व्यवसायीहरूको छ। 

यदि विश्वकपमा ग्राहक संख्या बढेर ३० लाख ग्राहक सक्रिय भएर त्यसको ७० प्रतिशतले मात्र पनि फुटबल हेर्ने अनुमान मिल्यो भने २१  लाख ग्राहक हुन्छन्। २१ लाख ग्राहकबाट ५ सय रुपैयाँका दरले उठाउँदा मिडियाहबले १ अर्ब ५ करोड रुपैयाँ उठाउँछ। 

१ अर्ब रकम उठ्दा त्यसको ७० प्रतिशत मिडिया हबले नै राख्ने छ। यद्यपि केबल अपरेटर तथा टेलिभिजन वितरकहरूलाई दिने कमिसनका बारेमा केही पनि कुरा भएको छैन। ७० प्रतिशत मात्र राख्दा पनि मिडिया हबले ७० करोड रुपैयाँ कमाउने पक्का भएको छ। 

यसबाहेक मिडिया हबले विज्ञानबाट उठाउने पैसा हेर्दा धेरै कमाउने देखिन्छ। 

अदालतले पैसा उठाउन अनमुति दिएपनि उपभोक्ता अधिकारमाथिको यो गम्भीर उल्लंघन हो। सामन्यतया टेलिभिजनको प्याकेज लिँदा ग्राहकले सामान्य र प्रिमियम लिएका हुन्छन्। प्राय स्पोर्टस च्यानलसहितको प्याकेज प्रिमियममा पर्छ। यसअघि नै अतिरिक्त शुल्क लिएर खरिद गरिएको प्याकेजमा पनि थप शुल्क तिर्नुपर्ने भएपछि उपभोक्ता अधिकारमाथिको हनन भएको हो। 

व्यवसायीहरूका अनुसार मिडिया हब एक्लैले यो गरेको होइन। यसमा ठूला कर्पोरेट तथा मिडिया जायन्टहरूको सहभागिता छ। स्रोतहरूका अनुसार हिमालय टेलिभिजन, मिडिया हब, इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक वर्ल्डलिंक र भायानेट कम्युनिकेसनको सहभागिता छ। 

टेलिभिजन र वितरकहरूको सहकार्यमा सिन्डिकेट खडा गरि त्यसमा उपभोक्ताबाट चर्को शुल्क असुल गर्ने योजनामा मिडिया हब सफल भएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend