आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गैरसांसदलाई उद्योग मन्त्री

शुक्रबार, असोज २२ २०७८
गैरसांसदलाई उद्योग मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‍मा गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएका हुन्। देउवाले गैरसांसदलाई जनतासँग प्रत्यक्ष जोडिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिए।

काठमाडौं- सरकार गठन भएकाे ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। संवैधानिक व्यवस्थाअनुसार देउवाले २५ सदस्य मन्त्रिमण्डल बनाउँदा गैर सांसदलाई समेत मन्त्री बनाएका छन्।

देउवाले आफ्नो मन्त्रिपरिषद्‍मा गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएका हुन्। देउवाले गैरसांसदलाई जनतासँग प्रत्यक्ष जोडिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिए।

यो मन्त्रालयसँग ट्रेडिङको विषय जोडिएको हुन्छ भने उपभोक्ताको हक हितको विषय पनि जोडिन्छ। यस्तो मन्त्रालयमा प्रत्यक्ष जनताको विषय बुझेका र जनतासँग जोडिएको व्यक्तिलाई मन्त्री बनाउन पर्ने हो। तर देउवाले आफ्नो पार्टीभित्र राम्रो र सक्षम सांसद हुँदाहुँदै पनि गैरसांसदलाई मन्त्री बनाएका हुन्।

यसअघि केपी ओली नेतृत्वको सरकारले गैरसांसदलाई मन्त्री बनाउँदा भने देउवा आफैले विरोध गरेका थिए। तर अहिले आफैले गैरसांसदलाई मन्त्रीको जिम्मेवारी दिए। 

स्वर्गीय शुशिल कोइराल नेतृत्वमा २०७१ सालमा बनेको मन्त्रिपरिषद्‍मा उनले गैरसांसदलाई मन्त्री नबाउने उद्घोष गरेका थिए। तर कांग्रेस सभापति पार्टीको विगतलाई समेत बिर्सिएर अहिले गैरसांसदलाई मन्त्री बनाए। 

अहिले मन्त्री बनेका हमालको कार्याकाल ६ महिनाको मात्रै हुनेछ। मन्त्री भएको ६ महिनाभित्र सांसद नभएको अवस्थामा मन्त्री पद स्वत: जानेछ। देउवाले उनलाई अब हुने उपनिर्वाचनमार्फत सांसद बनाउने गरी मन्त्री बनाएको बुझिएको छ।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend