आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सार्वजनिक बसलाई देशभर रुट पर्मिट खुला 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
सार्वजनिक बसलाई देशभर रुट पर्मिट खुला 

दसैँमा यात्रुहरुको चाप बढ्ने भएकाले सार्वजनिक बसहरुलाई रुट आवश्यक नपर्ने निर्णय विभाले गरेको हो। 

काठमाडौं- यातायात व्यवस्था विभागले आज बिहीबारबाट लागु हुने गरि सार्वजनिक बसको रुट खुल्ला गरेको छ। दसैँमा यात्रुहरुको चाप बढ्ने भएकाले सार्वजनिक बसहरुलाई रुट आवश्यक नपर्ने निर्णय विभाले गरेको हो। 

घटस्थापनादेखि पूर्णिमासम्म यात्रुबाहक सवारी साधनलाई देशभर गुडाउन रुट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। ‘यात्रुको चापलाई मध्यनजर गर्दै नियमित रुटमा सञ्चालित बसले देशभर रुट खुल्ला गरिएको हो,’ उनले भने, ‘आज घटस्थापनादेखि पूर्णिमासम्म जुनसुकै रुटमा जान चाहने बसले जान पाउँछन्। त्यसका लागि पटके काट्नु नपर्ने व्यवस्था गरिएको छ।’ 

घटस्थापना लागेसँगै काठमाडौं उपत्यकालगायत विभिन्न सहरबाट ग्रामिण क्षेत्रमा जाने यात्रुहरुको संख्या बढेको छ। यो वर्ष यात्रुको भिड तुलनात्मक रुपमा कम देखिएको व्यवसायीहरुले बताएका छन्। 

विभागले चाडपर्वलाई लक्षित गरि यातायात व्यवस्थान सहज बनाउन असोज ११ देखि बसको अग्रिम टिकट बुकिङ खोलिएको थियो। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend