आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

६ महिनायताकै उच्च भयो अमेरिकी डलरको भाउ 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
६ महिनायताकै उच्च भयो अमेरिकी डलरको भाउ 

पछिल्लो एक महिनादेखि नै उकालो लागेको डलर भाउ आजका मितिसम्म बढ्दै आएको छ।

काठमाडौं- नेपाली मुद्राको तुलनामा अमेरिकी डलर गएको ६ महिनाकै बलियो अवस्थामा पुगेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा अमेरिकी डलरको भाउ गएको छ महिनाकै उच्च भएको छ। गएको वैशाख १३ गतेपछि आज डलरको भाउ उच्च भएको हो। 

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२० रुपैयाँ २७ पैसा पुगेको छ। यसअघि वैशाख १३ गते डलरको भाउ १२० रुपैयाँ ३२ पैसा थियो। 

पछिल्लो एक महिनादेखि नै उकालो लागेको डलर भाउ आजका मितिसम्म बढ्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि डलर बलियो हुँदै आएको छ। युरोको तुलनामा अमेरिकी डलर १४ महिना यताकै बलियो भएको रोयटर्सले समाचार लेखेको छ। उर्जाको मूल्य बढ्दै गएको र अर्कोतिर डलर पनि बलियो हुँदै आएको छ। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०६:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend