आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आजबाट दसैँ सुरु, घरघरमा घटस्थापना गरिँदै

बिहीबार , असोज २१ २०७८
आजबाट दसैँ सुरु, घरघरमा घटस्थापना गरिँदै

दसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जानकारी गराएको छ।

काठमाडौ- दसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जानकारी गराएको छ।

समितिले सवै साइत समेत सार्वजनिक गरेको छ। घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ। नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ।

असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend