आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

भारतीय एक्जिम बैंकको लगानी रहेको आयोजनाको पहिलो खण्ड सम्पन्न।

हिले- कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, वानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने काम सम्पन्न भएको छ।

११ करोड २० लाख अमेरिकी डलर लगानी हुने अनुमान गरिएको प्रसारण लाइन आयोजना नेपाल सरकार र भारत सरकारले एक्जिम बैक मार्फत् दिएको सहुलियत ऋणमा निर्माण भएको हो। 

एक्जिम बैंकले आयोजनाका लागि ९ करोड अमेरिकी डलर ऋण दिएको छ। 

कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ)देखि बसन्तपुरसम्म करिब १००० मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाटविद्युत प्रसारण गर्न सकिन्छ। 

कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए। 

 


प्रकाशित : बुधबार, असोज २० २०७८०७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend