आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

फेरि बढ्न थाल्यो बिटक्वाइनको मूल्य, ५० हजार डलर पुग्यो 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
फेरि बढ्न थाल्यो बिटक्वाइनको मूल्य, ५० हजार डलर पुग्यो 

केही दिन अघि चीनले क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएपछि यसको मूल्यमा गिरवाट आउनसक्ने अनुमान गरिएको थियो। तर यसका बाबजुद यसको मूल्य भने बढी रहेको छ। 

काठमाडौं- क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरि बढ्न थालेको छ। संसारकै मूल्यवान क्रिप्टोका रुपमा रहेको बिटक्वाइनको मूल्य ५० हजार अमेरिकी डलरमाथि पुगेको छ। 

पछिल्ला केही हप्ता ओरालो लाग्न सुरु गरेको बिटक्वाइनको मूल्य पछिल्लो सातादेखि फेरि उकालो लागेको थियो। 

बिटक्वाइनमात्र होइन पछिल्लो साता प्राय मुख्य क्रिप्टोको मूल्य बढेको छ। इथरियम, बिनान्स, सोलानाडगक्वाइनको मूल्य पनि बढेको छ। 

केही दिन अघि चीनले क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएपछि यसको मूल्यमा गिरवाट आउनसक्ने अनुमान गरिएको थियो। तर यसका बाबजुद यसको मूल्य भने बढी रहेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि यही हप्ता क्रिप्टोको कारोबारलाई अनियन्त्रित छाड्न नहुने बताएको थियो। सयुक्त राज्य अमेरिकाले पनि चीनको जस्तै क्रिप्टोमाथि कडा निर्णय लिनसक्ने अनुमान गरिएको छ। 

तर हालैमात्र अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जिरोम पावेलले तत्काल चीनको जस्तै कुनै पनि कदम चाल्ने योजना नभएको बताएका थिए। 


प्रकाशित : बुधबार, असोज २० २०७८०७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend