आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कार्यक्रम नै नभएको क्याम्पसमा प्राध्यापकको पदस्थापन 

बुधबार, असोज २० २०७८
कार्यक्रम नै नभएको क्याम्पसमा प्राध्यापकको पदस्थापन 

यसअघि पुल्चोक क्याम्पसमा प्राध्यापन गरिरहेका मिश्रलाई विश्वविद्यालयले कार्यक्रम नै नभएको थापाथली क्याम्पसमा सरुवा गरेको हो। 

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कार्यक्रम नै नभएको क्याम्पसमा प्राध्यापक पदस्थापन गरेको छ। इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक डा. अरविन्दकुमार मिश्रको सरुवा थापाथली क्याम्पसमा गरिदिएको छ। 

यसअघि पुल्चोक क्याम्पसमा प्राध्यापन गरिरहेका मिश्रलाई विश्वविद्यालयले कार्यक्रम नै नभएको थापाथली क्याम्पसमा सरुवा गरेको हो। 

इलेक्ट्रिकल इन्जिनियरिङ विषयको कार्यक्रम पुल्चोक,धरान र पोखरामा मात्र रहेको मिश्रले जानकारी दिए। 

'बढुवाका लागि सूचना थियो। आफ्नै क्याम्पसका लागि होला भनेर मैले फारम भरेँ। तर बढुवा भएर पोस्टिङ पत्र पाउँदा त छक्क परेँ मेरो पदस्थापन त थापाथली इन्जिनियरिङ क्याम्पसमा पो गरिएको रहेछ' उनले भने, 'थापाथलीमा त यो विषयको पढाइ नै हुँदैन।'


प्रकाशित : बुधबार, असोज २० २०७८०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend