शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

गाभिने बैंकहरूलाई बम्पर अफर 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
गाभिने बैंकहरूलाई बम्पर अफर 

वाणिज्य बैंकहरुलाई गाभिनका लागि उत्प्रेरित गर्नका लागि नेपाल राष्ट्र बैंकले अफरहरु ल्याएको छ। चालु वर्षको मौद्रिक नीति मार्फत् केन्द्रीय बैंकले विभिन्न सुविधा ल्याएको छ। 

काठमाडौं-  वाणिज्य बैंकहरुलाई गाभिनका लागि उत्प्रेरित गर्नका लागि नेपाल राष्ट्र बैंकले अफरहरु ल्याएको छ। चालु वर्षको मौद्रिक नीति मार्फत् केन्द्रीय बैंकले विभिन्न सुविधा ल्याएको छ। 

मौद्रिक नीतिबाट बैंकले गाभिने वाणिज्य बैंकका लागि दिएका अफरहरु यस्ता छन्: 

  •  तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप 
  • एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट
  •  एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट 
  • तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप
  • संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट हुने 
  • राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट 
  •  एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा  नियमित गर्न एक वर्षको समय पाइने
  • एकीकृत कारोबार संचालनको क्रममा १ कि.मि. भित्रका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने 
  •  वाणिज्य बैकको ०.१० प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था  हुने 


प्रकाशित : शुक्रबार, साउन २९ २०७८१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend