आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आजदेखि मध्यभोटेकोशीको आईपीओ सर्वसाधारणका लागि खुला

बुधबार, असोज २० २०७८
आजदेखि मध्यभोटेकोशीको आईपीओ सर्वसाधारणका लागि खुला

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई आज (बुधबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गरेको छ।

काठमाडौं- मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आज (बुधबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

निष्कासन गरिने कूल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।
 
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर रु एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन्।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्। साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ। 
 
कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँटमा परेका सेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, असोज २० २०७८०१:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend