शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

वि विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोग स्वरुप ५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा ५०  लाख रुपैयाँ बराबरको सहयोग गरिएको हो।

काठमाडौं- वि विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोग स्वरुप ५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा ५० लाख रुपैयाँ बराबरको सहयोग गरिएको हो।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

एकपछि अर्को कोरोनाको लहरबाट ग्रुजिरहेको नेपाललाई त्यससँग जुध्न सहयोग पुगोस् भन्ने हेतुले अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए। ‘ज्यान जहाँ रहेपनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनैपनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौँ।’

हङकङेलीहरुले नेपाललाई आइपर्ने प्रत्येक आपतबिपतमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे।

‘वि विल राइज फाउन्डेसन जस्ता संस्थाहरुको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु।’

भूकम्पपछि स्थापित फाउन्डेसनले स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको जनाएको छ। स्थापना वर्षमै यसले सिन्धुपाल्चोकमा भूकम्पले ढलाएका घर र विद्यालयको पुनःनिर्माण गरेको थियो।


प्रकाशित : शुक्रबार, साउन २९ २०७८१२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend