शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

एसियाली सेयर बजार एक वर्ष यताकै न्यून बिन्दुनजिक 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
images
images
एसियाली सेयर बजार एक वर्ष यताकै न्यून बिन्दुनजिक 

उर्जाको मूल्य बृद्धिका कारणले हुने उच्च मूल्य वृद्धि तथा  आपूर्ति श्रृखलामा असर पर्ने देखेर लगानीकर्ताहरु डराएको विश्लेषकहरुले बताएका छन्। 

images
images

काठमाडौं- विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दु नजिक पुग्दा एसियाली सेयर बजार ओरालो लागेको छ। इन्धनको मूल्य बढेर आपूर्ति श्रृखला अबरुद्ध भएर आर्थिक गतविधिमा सुस्तता आएने डरमा एसियाली सेयर बजार ओरालो लागेको छ। 

images

समाचार संस्था रोयटर्सकाअनुसार जापान स्टक २.८ प्रतिशतले घटेको छ। कोरियाको स्टक २.५ प्रतिशतले ओरालो लागेको छ भने अष्ट्रेलियाको बजार पनि १ प्रतिशतले ओरालो लागेको छ। 

images
images

उर्जाको मूल्य बृद्धिका कारणले हुने उच्च मूल्य वृद्धि तथा  आपूर्ति श्रृखलामा असर पर्ने देखेर लगानीकर्ताहरु डराएको विश्लेषकहरुले बताएका छन्। 

images
images
images

चिनियाँ रियलस्टेट कम्पनी कंगाल भएपछि त्यसको असर हंङकङ स्टकमा यसअघि नै देखिएको छ। 

अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल ७७.६० डलर पुगेको छ। सन् २०१४ पछिकै उच्च मूल्य बिन्दुमा पुगेपछि यो मूल्य अहिले रोकिएको छ। त्यस्तै ब्रेन्ट क्रुड अयल पनि अहिले प्रति ब्यारेल ८१.३० अमेरिकी डलरमा छ। यो तीन वर्षकै उच्च हो। 


प्रकाशित : मंगलबार, असोज १९ २०७८०६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend