आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

एसियाली सेयर बजार एक वर्ष यताकै न्यून बिन्दुनजिक 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
एसियाली सेयर बजार एक वर्ष यताकै न्यून बिन्दुनजिक 

उर्जाको मूल्य बृद्धिका कारणले हुने उच्च मूल्य वृद्धि तथा  आपूर्ति श्रृखलामा असर पर्ने देखेर लगानीकर्ताहरु डराएको विश्लेषकहरुले बताएका छन्। 

काठमाडौं- विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दु नजिक पुग्दा एसियाली सेयर बजार ओरालो लागेको छ। इन्धनको मूल्य बढेर आपूर्ति श्रृखला अबरुद्ध भएर आर्थिक गतविधिमा सुस्तता आएने डरमा एसियाली सेयर बजार ओरालो लागेको छ। 

समाचार संस्था रोयटर्सकाअनुसार जापान स्टक २.८ प्रतिशतले घटेको छ। कोरियाको स्टक २.५ प्रतिशतले ओरालो लागेको छ भने अष्ट्रेलियाको बजार पनि १ प्रतिशतले ओरालो लागेको छ। 

उर्जाको मूल्य बृद्धिका कारणले हुने उच्च मूल्य वृद्धि तथा  आपूर्ति श्रृखलामा असर पर्ने देखेर लगानीकर्ताहरु डराएको विश्लेषकहरुले बताएका छन्। 

चिनियाँ रियलस्टेट कम्पनी कंगाल भएपछि त्यसको असर हंङकङ स्टकमा यसअघि नै देखिएको छ। 

अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल ७७.६० डलर पुगेको छ। सन् २०१४ पछिकै उच्च मूल्य बिन्दुमा पुगेपछि यो मूल्य अहिले रोकिएको छ। त्यस्तै ब्रेन्ट क्रुड अयल पनि अहिले प्रति ब्यारेल ८१.३० अमेरिकी डलरमा छ। यो तीन वर्षकै उच्च हो। 


प्रकाशित : मंगलबार, असोज १९ २०७८०६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend