शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विपन्न वर्ग कर्जामा सहुलियत 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
विपन्न वर्ग कर्जामा सहुलियत 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विपन्न वर्ग कर्जामा विशेष सहुलियतको व्यवस्था गरेको छ। मौद्रिक नीतिमा पर्यटन, यातायात, कृषि तथा लघु उद्यमलाई विशेष प्राथमिकतामा राखेर सुविधा घोषणा गरिएको छ।

काठमाडौं- राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विपन्न वर्ग कर्जामा विशेष सहुलियतको व्यवस्था गरेको छ। मौद्रिक नीतिमा पर्यटन, यातायात, कृषि तथा लघु उद्यमलाई विशेष प्राथमिकतामा राखेर सुविधा घोषणा गरिएको छ।

कोभिड-१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ।

ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। त्यस्तैगरी महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिने भएको छ।

यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ। वास्तविक कृषि व्यवसायीलाई  २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिएको छ। यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था गरिएको छ। 


प्रकाशित : शुक्रबार, साउन २९ २०७८१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend