आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पार्किङबाट घस्रियो श्री एयरलाइन्सको जहाज

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
पार्किङबाट घस्रियो श्री एयरलाइन्सको जहाज

नेपालगञ्ज उडानका लागि सेड्युलमा भएको जहाज पार्किङबाट जानेक्रममा घस्रिएर अलि पर पुगेको उनले जानकारी दिए। 

काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज पार्किङवेबाट घस्रिएर घाँसे मैदानमा  गएको छ। 

उडानका लागि धावनमार्गतिर जाँदैगर्दा जहाज घस्रिएर घाँसे मैदानमा पुगेको विमानस्थल कार्यालय प्रमुख प्रताप तिवारीले जानकारी दिए। 

नेपालगञ्ज उडानका लागि सेड्युलमा भएको जहाज पार्किङबाट जानेक्रममा घस्रिएर अलि पर पुगेको उनले जानकारी दिए। 

'चिप्लिएको होइन। धावनमार्गबाट पनि होइन। जहाज उडानका लागि पार्किङबाट जाँदा मोडमा घुमाउँदाखेरी धस्सिएर अलि पर पुगेको हो' तिवारीले भने।

shreeairport.jpeg

विमानस्थलको नियमित उडानलाई यसले केही असर पारेको छैन।  

जहाजमा यात्रु राखेर टेकअफका लागि धावनमार्गतिर जाँदै गर्दा पांग्रा चिप्लिएपनि यात्रुलाई केही असर नगर्को तिवारीले जानकारी दिए। 

'नाइनएनएएनएफ' कल साइन भएको क्यु ४०० जहाज  बिहान ९: ३३ बजेतिर एउटा चक्का घाँसे मैदानमा पुगेको तिवारीले जानकारी दिएका छन्। ७६ जना यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी भएको र जहाज निकाल्ने प्रयास भइरहेको उनले बताए। 

shreeair 1.jpegshreeair.jpeg

shreeeair.jpeg
undefined


प्रकाशित : मंगलबार, असोज १९ २०७८०४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend