शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

भक्तपुरको आदर्शमा दसैँतिहार सस्तो बजार सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
images
images
भक्तपुरको आदर्शमा दसैँतिहार सस्तो बजार सुरु

बजार असोज १८ गतेदेखि २५ गतेसम्म हुनेछ। यस अवसरमा दैनिक साँंझ चार बजेदेखि सात बजेसम्म सांगेतिक कार्यक्रम पनि हुने जनाइएको छ। 

images
images

काठमाडौं- भक्तपुरको आदर्शस्थित सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा सूर्यविनायक हरित कृषि थोक तथा दसैँ तिहार सस्तो बजार २०७८ सोमबारदेखि सुरु भएको छ।

images
images

बजार असोज १८ गतेदेखि २५ गतेसम्म हुनेछ। यस अवसरमा दैनिक साँंझ चार बजेदेखि सात बजेसम्म सांगेतिक कार्यक्रम पनि हुने जनाइएको छ। 

images
images

सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका संस्थापक अध्यक्ष दसैँ तिहारमा आवश्यक सवै सामान एउटै छानामुनि सजिलैसँंग पाउन सकिने बताए। साथसाथै दैनिक साँंझ साँंस्कृतिक कार्यक्रम हुने उनले जनाए।

images
images

दसैँका लागि आवश्यक सवै सामान एउटै छानामुनि पाइयोस् भनेर वजार सञ्चालन गरेको उनले जनाए। अरुबेला तरकारी मात्रै पाइने यो बजारमा यस अवसरमा तरकारीका साथै नुनदेखि सुनसम्मका सवै सामानहरु सस्तो मूल्यमा पाइने जनाइएको छ। 

तरकारी बजारका व्यवस्थापक दिनेश खाताखोले मेलामा तरकारीका साथै लताकपडालगायतका सम्पूर्ण सामानहरु पाइने जनाए। साथसाथै बाल मेला पनि हुने उनले जनाए।  

बजारमा प्रवेश भने निःशुल्क रहेको जनाइएको छ। केही महिना अगाडिदेखि त्यहाँं नेपालकै ठूलो तरकारी बजार सञ्चालित छ। अरनिको राजमार्गसँंग जोडिएको यो तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। 

सस्तो बजार २०७८ को उदघाटन साँंझ बजार रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले गरेका थिए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, महानगरीय प्रहरी बृत जगाती भक्तपुर इन्सपेक्टर राजेश थापालगायतले उदघाटन मन्तव्य राखेका थिए। कार्यक्रमपछि साँंस्कृतिक साँंझ भएको थियो। त्यस क्रममा रक व्याण्डका कलाकारहरुले प्रस्तुति दिएका थिए। 


प्रकाशित : सोमबार, असोज १८ २०७८१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend