आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

खाद्यले शुक्रबारदेखि खसीबोका बेच्ने, महँगिएको च्याङ्ग्रा नबेच्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
खाद्यले शुक्रबारदेखि खसीबोका बेच्ने, महँगिएको च्याङ्ग्रा नबेच्ने

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री नगर्ने बताएको छ। 

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ। 

कम्पनीले यस वर्षको दसैँका लागि दुई हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ। गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार वटा खसीबोका बिक्री वितरण गर्न लागेको हो। 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री नगर्ने बताएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्ट असोज २२ गतेदेखि राजधानीमा खसिबोका बिक्री सुरु गर्ने जानकारी दिइन्। कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन्। कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिइन्।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमाझैँ यसपटक पनि खसीबोका बिक्री गर्न लागेको हो। दसैँका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ। कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री गरिरहेको जनाएको छ।

 


प्रकाशित : सोमबार, असोज १८ २०७८१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend