आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दसैँ र सरकारी खर्चको प्रभाव, एक सातामै ३८ अर्ब निक्षेप संकलन

सोमबार, असोज १८ २०७८
दसैँ र सरकारी खर्चको प्रभाव, एक सातामै ३८ अर्ब निक्षेप संकलन

बैंकर्स संघका अनुसार असोज ८ देखि १५ गतेसम्म बैंकहरूले ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३९ अर्ब रुपैयाँ कर्जा माग भएको छ। 

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले एकसातामै ३८ अर्ब निक्षेप संकलन गरेका छन्। अघिल्लो साता ८ अर्बमात्रै निक्षेप तानेका बैंकहरूमा दसैँ तथा रेमिट्यान्स र सरकारी खर्च समेत बढ्न थालेपछि असोज दोस्रो सातामा निक्षेप संकलन बढेको हो।

बैंकर्स संघका अनुसार असोज ८ देखि १५ गतेसम्म बैंकहरूले ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३९ अर्ब रुपैयाँ कर्जा माग भएको छ। 

लगानीयोग्य रकम (तरलता) को अभाव भएसँगै बैंकहरू निक्षेप सङ्कलनमा केन्द्रित भएका हुन्। असोज १५ गतेसम्म आइपुग्दा कर्जा र निक्षेप बराबर अवस्थामा  आइपुगेको छ।

हालसम्म बैंकहरूले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जाको माग ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। 

प्रकाशित : सोमबार, असोज १८ २०७८११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend