आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

परिसंघमा कृषि विकास परिषद् गठन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
परिसंघमा कृषि विकास परिषद् गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो। परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष छन्। 

काठमाडौं-  नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो। परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष छन्। 

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ। कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्‍याउन सहजीकरण गर्नेछ। 

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ। 

परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन्। 


प्रकाशित : सोमबार, असोज १८ २०७८११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend