शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

कामदार घर हिँडेपछि रोकियो तामाखानीको अध्ययन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
images
images
कामदार घर हिँडेपछि रोकियो तामाखानीको अध्ययन

तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ।

images
images

बलेवा- दुई वर्षअघि बागलुङ नगरपालिका-९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ। कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदूर घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो।

images
images
images

एक वर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि वर्षाका कारण सुरु गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले जनाएको छ। चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले २०७६ मङ्सिर महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो। 

एक वर्षअघि खानीको अध्ययन भइरहेको क्षेत्रका सर्वसाधारणमा समेत सङ्क्रमण देखिन थालेपछि चिनियाँ प्राविधिक समूह काम छोडेर हिँडेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले बताए। ‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं, अब बाँकी काम केही समयमा सुरु हुन्छ’’ अधिकारीले भने ‘कोभिड कम भएको छ, दसैँं, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं।’

images

तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा ७० मिटर लामो र बाह्रमुरेमा १०० मिटर लामो सुरुङ तयार भइसकेको छ। सुरुङमार्फत जमिनको भित्री भागको ढुङ्गा माटो सङ्कलन गरी प्रयोगशलामा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए। ‘हामीले अबको ६ महिनामा सबै अध्ययनको काम सक्छौं’, उनले भने ‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं, वातावरणीय अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको काम पनि सकिन्छ।’

images

तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ। ‘यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो’’ अधिकारी भन्छन् ‘अध्ययनको अन्तिम रिपोर्टका आधारमा बाँकी काम अघि बढ्छ।’ पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड रुपैयाँ खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ।

खानी अध्ययनको काम रोकिएकाले स्थानीयवासीमा आशङ्का उब्जिएको छ। ठूला ठूला सुरुङ बनेर यत्तिकै छोडिँदा बाढीपहिराको त्रास हुने र जमिन कमजोर भएकाले आसपासका बस्तीको व्यवस्थापन गरिनुपर्ने स्थानीयवासीको माग छ। स्थानीयवासी रवीन खत्रीले भने, ‘रोजगारी सिर्जना होला, सडक, पानी र बिजुली बन्लान् भन्ने छ, खानी त चल्नैपर्छ।’ खानीका कारण भएको क्षतिपूर्तिका लागि पनि खानी सञ्चालन भएमा मात्रै सम्भव हुने उनले बताए।

पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले खानी सञ्चालनको पहल थालेको थियो। पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि अध्ययनको काम भएको थियो। खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउने छ।

स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनैपनि काममा बाधा अवरोध नआउने गरी काम भएकाले अध्ययनको बाँकी काम पुनः सुरु हुने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए। परीक्षण भइरहेका दुई खानीमा १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँच इञ्जीनीयरले काम गरिरहेका थिए। रासस


प्रकाशित : सोमबार, असोज १८ २०७८१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend