आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारतीय केरा आयातमा रोक लगाउन माग, रोक नलगाए आन्दोलन गर्ने चेतावनी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
भारतीय केरा आयातमा रोक लगाउन माग, रोक नलगाए आन्दोलन गर्ने चेतावनी

भारतीय केरा आयातमा रोक नलगाए सम्पूर्ण केरा किसान आन्दोलन गर्न बाध्य हुने जनाइएको छ। चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन्। जहाँ ३ हजार ५० विघा जमिनमा केरा खेती हुँदै आएको छ।

काठमाडौं- चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ। भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो।

संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहनु तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको जनाइएको छ।
 
देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, 'नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरिद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लागउन हामी माग गर्दछौँ।'
 
नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको संघले जनाएको छ। नेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनाका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि  अनुरोध गरिएको छ।
 
भारतीय केरा आयातमा रोक नलगाए सम्पूर्ण केरा किसान आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ। चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन्।  जहाँ ३ हजार ५० विघा जमिनमा केरा खेती हुँदै आएको छ।


प्रकाशित : सोमबार, असोज १८ २०७८०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend