बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

चार सहसचिव अर्थ भित्रिए

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
images
images
चार सहसचिव अर्थ भित्रिए

अर्थ मन्त्रालयमा चार जना सहसचिव भित्रिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सहसचिवहरू भूपाल बराल, शोभाकान्त पौडेल, केदारनाथ शर्मा र रमेश केसीको अर्थमा सरुवा भएको छ। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयमा चार जना सहसचिव भित्रिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सहसचिवहरू भूपाल बराल, शोभाकान्त पौडेल, केदारनाथ शर्मा र रमेश केसीको अर्थमा सरुवा भएको छ। 

images
images

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएको छ।

images
images

भण्डारी ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल निकट मानिन्छन्। भण्डारीलाई तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालय ल्याएका थिए। 

images
images

अर्थ भित्रिएकामध्ये बराल यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक भइसकेका छन्। उनी अहिले लगानी बोर्डमा छन्। 

अहिले सञ्चार मन्त्रालयमा रहेका पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएका थिए। उनको आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग राम्रो सम्बन्ध थियो। दुवै स्याङ्जाका हुन्। 

शर्मा अहिले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा र केसी त्यहीँ आर्थिक मामिला तथा योजना मन्त्रालयमा छन्। उनी प्रशासनका अधिकृत र लेखाका उपसचिव हुन्।


प्रकाशित : शुक्रबार, साउन २९ २०७८१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend