शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

पाँचखाल र सिमरा सेजमा निफ्राले लगानी गर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
images
images
पाँचखाल र सिमरा सेजमा निफ्राले लगानी गर्ने 

विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारीमा हस्ताक्षर गरेका हुन्। 

images
images

काठमाडौं- निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी गर्न  विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी भएको छ। लगानीसँगै सो विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवद्र्धन गर्ने समझदारीमा उल्लेख छ।

images
images

यो समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’को प्राविधिक र आर्थिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्नु रहेको छ। 

images
images

बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ।  

images
images

विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारीमा हस्ताक्षर गरेका हुन्।


प्रकाशित : सोमबार, असोज १८ २०७८०८:०७
  • सम्बन्धित विषय:

  • # निफ्रा
  • # सेज
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend