आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पाँचखाल र सिमरा सेजमा निफ्राले लगानी गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
पाँचखाल र सिमरा सेजमा निफ्राले लगानी गर्ने 

विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारीमा हस्ताक्षर गरेका हुन्। 

काठमाडौं- निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी गर्न  विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी भएको छ। लगानीसँगै सो विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवद्र्धन गर्ने समझदारीमा उल्लेख छ।

यो समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’को प्राविधिक र आर्थिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्नु रहेको छ। 

बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ।  

विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारीमा हस्ताक्षर गरेका हुन्।


प्रकाशित : सोमबार, असोज १८ २०७८०८:०७
  • सम्बन्धित विषय:

  • # निफ्रा
  • # सेज
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend