बुधबार, मंसिर १२ गते २०८१    
images
images

१८० वटा गाडी किन्न नेपाल प्रहरीको टेन्डर 

images
आइतबार, भदौ १९ २०७९
images
images
१८० वटा गाडी किन्न नेपाल प्रहरीको टेन्डर 

प्रहरीले किन्न लागेको फोरडब्लूडी डबल क्याव पिकअपमध्ये ८० वटा एस्कर्ट र १ सय वटा पेट्रोल इन्जिनयुक्त हुनुपर्ने छ। 

images
images

काठमाडौं- नेपाल प्रहरीले निर्वाचनका लागि १ सय ८० वटा डलब क्याव पिकअप किन्ने भएको छ। प्रहरीले दुई वर्गका डलब क्याप पिकअप किन्न लागेको हो। त्यसका लागि प्रहरीले आइतबार टेन्डर आह्वान गरेको छ। 

images
images
images

गाडी आपूर्ति गर्न इच्छुक कम्पनीहरुले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रहरीले किन्न लागेको फोरडब्लूडी डबल क्याव पिकअपमध्ये ८० वटा इस्कर्टिङ र १ सय वटा पेट्रोलिङका लागि हो।  

images

स्थानीय तहको निर्वाचनमा सवारीसाधन खरिद नगरेको सरकारले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि गाडी खरिद गर्न लागेको हो। गाडी खरिदका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयबाट ७५ करोड रुपैयाँ बजेट पाएको थियो। 

images

गृहले दुई प्रहरी संगठन र मातहतको कार्यालयका लागि सवारीसाधन खरिद गर्न डेढ अर्ब रुपैयाँ आवश्यक रहेको प्रस्ताव अर्थ पठाएको थियो। तर अर्थले गृहको प्रस्तावमा कटौती गरेर ७५ करोड रुपैयाँ सुनिश्चित गरेको हो। अर्थ मन्त्रालयले रकम दिने भएपछि गृहले नेपाल प्रहरीलाई स्पेसिफिकेसन तयार गरेर टेन्डर निकाल्न निर्देशन दिएको थियो। सोहीअनुसार आइतबार प्रहरीले १ सय ८० वटा पिकअप खरिदका लागि टेन्डर गरेको हो। 

निर्वाचनका लागि ग्रामीण क्षेत्रमा धेरै यात्रा गर्नुपर्ने भएकाले पिकअप सेगमेन्टकै गाडी खरिद गर्नुपर्ने गृहको भनाइ छ। अफ रोडमा गुडाउनु पर्ने र सामानसमेत बोक्नु पर्ने भएकाले निर्वाचनका लागि पिकअप गाडी किनिँदै आएको छ।

यसअघिका निर्वाचनमा विभिन्न कुटनीतिक नियोग, मित्रराष्ट्र तथा सरकार आफैले पनि सवारीसाधन खरिद गर्दै आएको थियो। तर गएको स्थानीय तहको निर्वाचनमा सरकारले सवारीसाधन खरिदका लागि बजेट नै विनियोजन नगरेकाले नयाँ गाडी खरिद गरिएको थिएन। 

गृहले नेपाल प्रहरीलाई ५० लाख रुपैयाँसम्मका पिकअप खरिद गर्नेगरि स्पेसिफिकेसन बनाउन भनेको थियो। अर्थले आवश्यकताभन्दा कम बजेट स्वीकृत गरेको र मातहतका निकायलाई धेरै संख्यामा सवारीसाधन चाहिएकाले कम मूल्यका तर आवश्यक क्षमता र विशेषतामा सम्झौता नहुने गरि स्पेसिफिकेसन बनाएर प्रहरीले टेन्डर गरेको जनाएको छ। 

गृहले २ सय २० वटा पिकअप किन्ने तयारी गरेको थियो। तर ७५ करोड रुपैयाँ बजेट आएकाले उक्त बजेटमा १ सय ८० वटा पिकअप आउने स्टिमेट देखिएपछि प्रहरीले सोहीअनुसार टेन्डर आह्वान गरेको हो। असोज ४ गते १२ बजेसम्म टेन्डरमा सहभागी हुन सकिने र सोही दिन २ बजे टेन्डर खोलिने प्रहरीले सार्वजनिक गरेको छ। 

निर्वाचनका लागि गृहमार्फत ७५ करोडको गाडी किनिँदै निर्वाचनका लागि गृहमार्फत ७५ करोडको गाडी किनिँदै


प्रकाशित : आइतबार, भदौ १९ २०७९१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend