आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

निर्वाचनका लागि गृहमार्फत ७५ करोडको गाडी किनिँदै

स्पेसिफिकेसन तयार, टेन्डर खुल्दै

images
शुक्रबार, भदौ १७ २०७९
images
निर्वाचनका लागि गृहमार्फत ७५ करोडको गाडी किनिँदै

निर्वाचनका लागि खरिद गरिने सवारी पिकअप सेगमेन्टको हुनेछ।

images
images

काठमाडौं- स्थानीय तहको निर्वाचनमा सवारीसाधन खरिद नगरेको सरकारले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि गाडी खरिद गर्ने भएको छ। गाडी खरिदका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयबाट बजेट सहमति पाइसकेको छ। 

images
images
images

गृहले दुई प्रहरी संगठन र मातहतको कार्यालयका लागि सवारीसाधन खरिद गर्न डेढ अर्ब रुपैयाँ आवश्यक रहेको प्रस्ताव अर्थ पठाएको थियो। तर अर्थले गृहको प्रस्तावमा कटौती गरेर ७५ करोड रुपैयाँ सुनिश्चित गरेको हो। केही साताअघि अर्थले उक्त रकमको सहमति दिएपछि गृहले नेपाल प्रहरीमार्फत स्पेसिफिकेसन बनाइसकेको छ।

images
images

गृह स्रोतका अनुसार नेपाल प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने गाडी खरिदका लागि स्पेसिफकेसन बनाएर गृह पठाएको छ। ‘अर्थबाट बजेट स्वीकृत भएर आएलगत्तै नेपाल प्रहरीले कस्तो, कति मूल्यसम्मको, कति इन्जिन क्षमताको गाडी किन्ने भनेर स्पेसिफिकेसन बनाएको हो,’ स्रोतले भन्यो, ‘अब प्रशासनिक निर्णय गरेर केही दिनमै सवारीसाधन खरिदको सार्वजनिक टेन्डर आउने छ।’ 

images
images

७५ करोड रुपैयाँबाट खरिद गरिने गाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालय मातहतका लागि हुनेछ। निर्वाचनका लागि खरिद गरिने सवारी पिकअप सेगमेन्टको हुनेछ।

खरिद गरिने पिकअप सबैभन्दा बढी नेपाल प्रहरीका लागि करिब १ सय ५० वटा, सशस्त्र प्रहरीका लागि ५० वटा र गृह मातहतको कार्यालयका लागि २५ वटा रहेका छन्। गृहले तय गरेको निकायगत संख्या र बजेटअनुसार सो संख्यामा नआएमा नेपाल प्रहरीबाहेक सशस्त्र र गृहले पाउने संख्या घट्ने छ। 

निर्वाचनका लागि ग्रामीण क्षेत्रमा धेरै यात्रा गर्नुपर्ने भएकाले पिकअप सेगमेन्टकै गाडी खरिद गर्नुपर्ने गृहको भनाइ छ। अफ रोडमा गुडाउनु पर्ने र सामानसमेत बोक्नु पर्ने भएकाले निर्वाचनका लागि पिकअप गाडी किनिँदै आएको छ।

यसअघिका निर्वाचनमा विभिन्न कुटनीतिक नियोग, मित्रराष्ट्र तथा सरकार आफैले पनि सवारीसाधन गरिद गर्दै आएको थियो। तर गएको स्थानीय तहको निर्वाचनमा सरकारले सवारीसाधन खरिदका लागि बजेट नै विनियोजन नगरेकाले नयाँ गाडी खरिद गरिएको थिएन। 

गृहले नेपाल प्रहरीलाई ५० लाख रुपैयाँसम्मका पिकअप खरिद गर्नेगरि स्पेसिफिकेसन बनाउन भनेको थियो। अर्थले आवश्यकताभन्दा कम बजेट स्वीकृत गरेको र मातहतका निकायलाई धेरै संख्यामा सवारीसाधन चाहिएकाले कम मूल्यका तर आवश्यक क्षमता र विशेषतामा सम्झौता नहुने गरि स्पेसिफिकेसन बनाउन भनेको हो। 

स्पेसिफिकेसन बनाउने जिम्मा पाएको नेपाल प्रहरीले गृहको निर्देशनअनुसारकै स्पेस बनाएर पठाएको हो। मंसिर ४ गते निर्वाचनको मिति तय भइसकेकाले कात्तिक मध्यसम्मा सवारी खरिद गरिसक्यो तयारी गृहको छ। गृहले जुनसुकै दिन सवारी खरिदको टेन्डर आह्वान गर्न सक्ने गरि तयारी गरेको स्रोतको भनाइ छ। आगामी साताभित्र टेन्डर भइसक्ने छ। 


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend