मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बु्द्ध एयरले नियमकलाई बुझायो आन्तरिक छानविन प्रतिवेदन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
बु्द्ध एयरले नियमकलाई बुझायो आन्तरिक छानविन प्रतिवेदन

गत साता  काठमाडौं–विराटनगर उडानमा आएको समस्या बारे बुद्ध एयरले आन्तरिक छानविन गरेर नियमक निकायलाई प्रतिवेदन बुझाएको छ।

काठमाडौं- गत साता काठमाडौं–विराटनगर उडानमा आएको समस्या बारे बुद्ध एयरले आन्तरिक छानविन गरेर नियमक निकायलाई प्रतिवेदन बुझाएको छ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रिय कार्यालयमा प्रतिवेदन दर्ता गएको छ। ‘जहाज बारे आन्तरिक जाँचबुझको रिर्पोट प्राधिकरणलाई बुझाएका छौं,’ बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले भने। बुद्धले क्याप्टेन अनन्त डंगोलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

छानविनको निश्कर्ष अहिलेनै जानकारी नगराइको समेत प्रवक्ता कर्णले बताए। उक्त जहाज विराटनगरमा अतवरण गर्न नसकेपछि काठमाडौंमा फर्काइएको थियो।

जहाजमा पांग्रा नखुलेको बताइएपनि खास समस्याको विषयमा कुनै पनि निकायले अहिलेसम्म आधिकारी रुपमा जानकारी गराएका छैनन्। प्रतिवेदन भरखरै दर्ता भएकोले अहिलनेनै उक्त विषयमा भन्न नसकिने निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए। 


प्रकाशित : सोमबार, असोज १८ २०७८०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend