मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

काठमाडौं उपत्यकामा निःशुल्क सीपमुलक तालिमको अवसर, यसरी भर्नुहोस् आवेदन 

सोमबार, असोज १८ २०७८
काठमाडौं उपत्यकामा निःशुल्क सीपमुलक तालिमको अवसर, यसरी भर्नुहोस् आवेदन 

सीपको अभावमा बेरोजगार भएका, आर्थिक अवस्था कमजोर भएकाहरूले यस्तो तालिममा भाग लिन पाउने छन्।

काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा नि:शुल्क सीपमुलक तालिमको अवसर खुलाएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो)ले भौचारमा आधारित निःशुल्क तालिमको अवसर खुला गरेको हो। 

सीपको अभावमा बेरोजगार भएका, आर्थिक अवस्था कमजोर भएकाहरूले यस्तो तालिममा भाग लिन पाउने छन्। परियोजनाले कस्ता नागरिकलाई प्राथमिकता दिने भनेर निर्धारण गरेको छ। 

गरिब, महिला, जनजाती, मधेसी, दलित, अपाङ्गता भएका, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाती, पिछडिएको क्षेत्रमा बसोवास गर्नेहरूलाई प्राथमिकता दिइने परियोजनाले जानकारी दिएको छ। 

यो तालिम काठमाडौं उपत्यकामा सूचीकृत भएका तालिम दिने प्रदायकबाट हुने छ। ३ महिनाको हुने यस्तो तालिममा सहभागी हुनेहरुले तालिम अवधिमा खाजा पनि पाउनेछन्। तालिम हुने ठाउँमै उनीहरुले त्यस्तो खाजा पाउने छन्। 

१६ वर्ष पुगेका र ४० वर्ष ननाघेकोले यसमा आवेदन दिनसक्ने छन्। आवेदन दिनका लागि परियोजनाको वेबसाइट www.event.gov.np मा गई वा यो लिंकमा क्लिक  गरेर सिधै फारम  भर्न सकिने छ।  

यसरी क्लिक गर्नेवित्तिकै सुरुमा मोबाइल नम्बर राख्नुपर्छ। मोबाइल नम्बर राखेर नेक्स्टमा क्लिक गर्नुपर्छ। त्यसपछि एउटा फारम खुल्छ। फारममा मागिएका विवरण भरेपछि अन्तिममा सबमिट बटममा थिच्नुपर्छ। त्यसपछि मोबाइलमा एउटा भेरिफिकेसन कोड आउँछ। त्यो कोड राखी भेरिफिकेसन गर्नुपर्छ।  

यसरी आवेदन स्वीकृत भएपछि मोबाइलमा एउटा टोकन नम्बर आउँछ। आवेदन दिनेले त्यो नम्बर सुरक्षित राख्नुपर्ने परियोजनाले जानकारी दिएको छ। 

फाराम भर्दा केही समस्या आएमा परियोजनाको पैसा नलाग्ने टोल फ्रि नं. १६६००१६७७७७ मा सम्पर्क गर्न सकिने छ। अथवा परियोजनाको फोन नं. ०१-४७९६३११/४११ /मोबाइल नं ९८४३७०२४४९(आशिष दाहाल)/९७४१२३०१८५(कृष्ण प्रसाद पौडेल) मा  सम्पर्क गर्नसकिने छ।

फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य चाहिने छ। त्यस्तै कुनै विशेष वर्गमा सूचीकृत भएको भए त्यसको परिचयपत्र पनि आवश्यक हुने छ।  


प्रकाशित : सोमबार, असोज १८ २०७८०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend