आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

५० हजार डलरभन्दा महँगा कार आयातमा प्रतिबन्ध लागेको हो?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
५० हजार डलरभन्दा महँगा कार आयातमा प्रतिबन्ध लागेको हो?

राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा महँगा कार आयातमा भने रोक लगाएको छैन।

काठमाडौं- नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा डलर सटही सुविधा नदिन परिपत्र गरेको छ। आइतबार बेलुकी परिपत्र सार्वजनिक गर्दै राष्ट्र बैंकले नधुल्याएको मरिच, छोकडा र केराउको आयातमा सहटी सुविधा नदिन भनेको हो। 

चालु आर्थिक वर्षको पहिलो २ महिनामा आयात उच्च हुँदा विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि केन्द्रीय बैंकले सटही सुविधामा कडाइ गरेको छ। यसअघि विदेश जाने नेपालीलाई २ सय डलरमात्र नगद लैजान दिने व्यवस्था गरिएको थियो। 

राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा महँगा कार आयातमा भने रोक लगाएको छैन। एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै आर्थिक वर्ष २०७७/०७८ मा केराउ, नधुल्याएको मरिच र छोकडा आयातमा परिमाणात्मक बन्देजको सीमा तोकिएको भए पनि आर्थिक वर्ष २०७८/०७९ मा कुनै कोटा निर्धारण नभएको र इजाजत पनि नदिइएकाले आयातका लागि सटही सुविधा नदिन भनिएको छ। 

कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै  सरकारले पहिलोपटक २०७६ चैत १९ मा ५० हजार अमेरिकी डलरभन्दा महँगो कारको आयातमा रोक लगाउने निर्णय गरेको थियो। सरकारले २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरि उक्त प्रतिबन्ध हटाइसकेको छ। 

नेपाली बजारमा दर्जन भन्दा बढी ब्रान्डका ५० हजार अमेरिकी डलर माथिका कार आयात हुने गरेका छन्। टोयोटाको हाइ इन्ड कार, बीएमडब्लू, मर्सिडिज, ल्यान्ड रोभरलगायत कार आयात हुँदै आएका छन्। 


प्रकाशित : आइतबार, असोज १७ २०७८१४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend