शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सरकारले नीति बनाउँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्छः ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
सरकारले नीति बनाउँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्छः ढकाल

'सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ' उनले भने। 

वीरगञ्ज- नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजी क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन्। 

मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने उनको भनाइ छ। 

बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोश्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्र मैत्री नरहेको दाबी गरे। 

'सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ' उनले भने। 

पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौँ कन्टेनर बोर्डरमा अलपत्र परेका ढकालले बताए। 

 


प्रकाशित : आइतबार, असोज १७ २०७८१३:२५
  • सम्बन्धित विषय:

  • # चन्द्रप्रसाद ढकाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend