आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

लघुवित्त संस्थाहरूलाई ब्याजदर घटाउन अर्थमन्त्रीको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
लघुवित्त संस्थाहरूलाई ब्याजदर घटाउन अर्थमन्त्रीको आग्रह

एसोसिएसनका प्रतिनिधिमण्डलले भने बैंकबाट ऋण लिएर लघुवित्तले लगानी गर्नुपर्ने भएकाले पहिला वाणिज्य बैंकको ब्याज घट्नुपर्ने बताएका थिए। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले लघुवित्तहरूलाई ब्याजदर घटाउन आग्रह गरेका छन्। 

आइतबार माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाउँसम्म पहुँच रहेका लघु वित्त संस्थाले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने बताएका थिए। 

लघु वित्त संस्थाहरूले तय गरेको ब्याजदर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउँदै मन्त्री शर्माले यसको लागि प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिधिहरूलाई आग्रह गरे। 

लघुवित्तहरूले २० प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। 

एसोसिएसनका प्रतिनिधिमण्डलले भने बैंकबाट ऋण लिएर लघुवित्तले लगानी गर्नुपर्ने भएकाले पहिला वाणिज्य बैंकको ब्याज घट्नुपर्ने बताएका थिए। 

हाल नेपालमा  ७० लघुवित्त संस्था क्रियाशील छन् । राष्ट्रिय स्तरका ४८, प्रदेश तथा स्थानीय स्तरका २२ वटा छन् । 


प्रकाशित : आइतबार, असोज १७ २०७८१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend