शनिबार, मंसिर २९ गते २०८१    
images
images

बढ्न थाले विदेशी पर्यटक 

images
आइतबार, असोज १७ २०७८
images
images
बढ्न थाले विदेशी पर्यटक 

सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

images
images

काठमाडौं- पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि देखिन थालेको छ। 

images
images
images

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। 

images

सन् २०२१ को सेप्टेम्बरमै  ९ हजार ८९८ जना  विदेशी नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए। यो सन् २०२१ को फेब्रुअरीको संख्या भन्दा धेरै हो। 

images

सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तीव्र भएपछि नेपाल सरकारले अप्रिलको अन्तिम सातादेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। तीन महिनापछि क्रमिक उडान खुला गर्दै गएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो। 

हाल सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत अन्तर्राष्ट्रिय भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। उडान सङ्ख्यामा वृद्धि तथा पछिल्लो समय सरकारले पर्यटकका लागि क्वारेन्टिन  नियममा सहज बनाइदिएपछि अझै पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीको विश्वास छ। 

चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियममा खुकुलो बानाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ। 

 


प्रकाशित : आइतबार, असोज १७ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend