आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

हुम्लामा दसैँका लागि सहुलियतमा खाद्यान्न बिक्री सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
हुम्लामा दसैँका लागि सहुलियतमा खाद्यान्न बिक्री सुरु

केन्द्रबाट २ हजार ३ सय क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल ५ सय छुटमा बिक्री गरिएको उनले बताए। 

काठमाडौं- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरु गरेको छ। कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका-१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दसैँतिहार लक्षित गरेर प्रतिकेजी ५ रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्न थालेको हो। 

जिल्लामा पहिलोपटक सो पालिकामा दसैँतिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए। केन्द्रबाट २ हजार ३ सय क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल ५ सय छुटमा बिक्री गरिएको उनले बताए। 

जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ। यसले गर्दा सेवाग्राहीले २५ केजीमा १ सय २५ रुपैयाँ र ३० केजीमा १ सय ५० रुपैयाँ छुट पाएका छन्। 

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी  ८ वटा डिपो र बिक्री केन्द्र छन्। सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको हो। 

हरेक वर्ष दसैँतिहारजस्ता चाडपर्वमा कम्पनीबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरे पनि यसअघि खाद्यान्न बाँड्ने गरिएको थिएन। रासस


प्रकाशित : आइतबार, असोज १७ २०७८०७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend