शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कृष्ण इन्टरनेशनलले बनेपामा हाउजेको साेरुम विस्तार गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०७८
कृष्ण इन्टरनेशनलले बनेपामा हाउजेको साेरुम विस्तार गर्दै

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ सोरुम बनेपामा खोल्ने भएको छ। सोरुमको शुक्रबार उद्घाटन हुनेछ। बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ।

काठमाडौं- हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ सोरुम बनेपामा खोल्ने भएको छ। सोरुमको शुक्रबार उद्घाटन हुनेछ। बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको छ।

कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारले गर्ने छन्। बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए। बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन्। बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै सोरुमबाट सेवा प्रदान गर्ने उनले बताए। 

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका माेटरसाइकल नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन्। कम्पनीले नेपालका मुख्य सहरमा हाउजेको साेरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ। 

‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन्। यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ। इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन्।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य साेरुम छ। काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको साेरुम छन्। उपत्यकाबाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य साेरुम छ।


प्रकाशित : बुधबार, साउन २७ २०७८१२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend