काठमाडौं- साताको पहिलो दिन सुन तथा चाँदीको मूल्य बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो।
आइतबारका लागि ११ सय ६० रुपैयाँ प्रतितोला तोकिएको चाँदीको शुक्रबार ११ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।