मंगलबार, असोज ८ गते २०८१    
images
images

एमसीसी परियोजनामा अहिलेसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च

images
बिहीबार , भदौ २ २०७९
images
images
एमसीसी परियोजनामा अहिलेसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता २०७८ फागुन १५ गते संसदबाट अनुमोदन भएको थियो।  

images
images

काठमाडौं- सन् २०२३ को अगष्टदेखि कार्यान्वयनको चरणमा जाने एमसीसी परियोजनामा अहिलेसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको छ। 

images
images
images

एमसीए नेपालका अनुसार प्रसारण लाइन, सबस्टेसन र सडक परियोजनाको पूर्वतयारीकाे काममा ४ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको हो। संसदबाट अनुमोदन ढिला हुँदा ६४ लाख ५० हजार अमेरिकी डलर थप खर्च भएको पनि एमसीए नेपालले जनाएको छ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता २०७८ फागुन १५ गते संसदबाट अनुमोदन भएको थियो।  

एमसीए नेपालका प्रमुख वित्त अधिकृत निर्मल खतिवडाका अनुसार पूर्वतयारीका लागि ८ करोड ५ लाख अमेरिकी डलर छुट्याइएको थियो। 'पूर्वतयारीका लागि छुट्याइएको रकम १२ दशमलव ७८ प्रतिशत हो।‌ त्यस्तै कार्यान्वयनका लागि ५४ करोड ९५ लाख डलर छुट्याइएको छ। परियोजनाको प्रशासनिक खर्च ७ प्रतिशत मात्र हुन्छ' उनले भने। 

images

एमसीए नेपालले सन् २०२३ को अगष्टपछिको पाँच वर्षलाई निर्माणको चरणका रुपमा अघि बढाउने जनाएको छ। पूर्वतयारीका काम सम्पन्न गरी आगामी वर्षको अगस्टबाट कार्यान्वयन सुरु (इन्ट्री इनटु फोर्स) मा जाने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले बताएका छन्।

एमसीसी परियोजनामा पूर्वतयारीका काम गरिँदै, २०२३ अगस्टबाट कार्यान्वयन सुरु हुने एमसीसी परियोजनामा पूर्वतयारीका काम गरिँदै, २०२३ अगस्टबाट कार्यान्वयन सुरु हुने




प्रकाशित : बिहीबार , भदौ २ २०७९०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend