आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्राधिकरणले काट्न थाल्याे केवलकाे तार, विराेधमा सञ्चालकहरुले भरतपुर कार्यालय घेरे

शनिबार, असोज १६ २०७८
प्राधिकरणले काट्न थाल्याे केवलकाे तार, विराेधमा सञ्चालकहरुले भरतपुर कार्यालय घेरे

नेपाल विद्युत प्राधिकरणले इन्टरनेटरकेवल टीभी सेवाप्रदायकलाई नयाँ व्यवस्थाअनुसारको शुल्क  तथा सम्झौता नवीकरण नगरेको भन्दै तारकाट्न थालेको छ।

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले इन्टरनेटरकेवल टीभी सेवाप्रदायकलाई नयाँ व्यवस्थाअनुसारको शुल्क  तथा सम्झौता नवीकरण नगरेको भन्दै तारकाट्न थालेको छ। तर तार काटिएको भन्दै चितवानको भरतपुरमा केवल तथा इन्टरनेट प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको कार्यलय घेराउ गरेका छन्। 

असोज १५ गतेभित्र परिमार्जित भाडा तिर्न तथा सम्झौता नवीकरण गर्न ताकेता गरेको थियो। 

सम्झौता नवीकरण नहुँदासम्म कुनै पनि सेवाप्रदायकहरूले सेवा विस्तार नगर्न पनि प्राधिकरणले सचेत गराएको छ। १५ गतेभित्र सम्झौता नवीकरण नभएमा कुनै पनि समय त्यस्ता सेवाप्रदायकको तार हटाउन सकिने प्राधिकरणले चेतावनी दिएको थियो। आजबाट प्राधिकरणले तार काट्न थालेको छ।  

bidhut 2.jpg


प्राधिकरणको ओपीजी केवल भाडामा लिएर इन्टरनेट-टेलिफोन-केवल टीभी सेवाप्रदायकहरूले प्रयोग गर्दै आएका छन्। पछिल्लो समय विवाद हुनुको मुख्य कारण प्राधिकरणले पहिले प्रति पोलका हिसाबले भाडा लिँदै आएको थियो। जसमा प्रतिपोल २५० रुपैयाँ थियो। तर उक्त व्यवस्था परिमार्जन गर्दै प्राधिकरणले किलोमिटरमा भाडा लिन थालेको छ। 

दूरीको हिसाबले भाडा लगाउँदा पहिलेको तुलनामा ३ गुणा भाडा बढ्ने सेवाप्रदायकहरूले बताउँदै आएका छन्। उनीहरूका अनुसार पहिले २५० रुपैयाँ भएको भाडा अब ७५० रुपैयाँ पुग्ने छ। 

प्राधिकरणले यो व्यवस्थाले सेवा महँगो बनाउने भन्दै इन्टरनेट सेवाप्रदायकहरूले पुरानै व्यवस्था कार्यान्वयन गर्न माग गर्दै आएका छन्। 

त्यस्तै केवल टीभी व्यवसायी महासङ्घले पनि प्राधिकरणको यो निर्णयले सेवाप्रदायकको लागत बढाउने भएकाले मूल्य नबढाई सेवा दिनै नसकिने बताएको छ। मूल्य बढाउँदा ग्राहक घट्ने तर नबढाउँदा कम्पनी घाटामा जाने अवस्था आएकाले आन्दोलनको चेतावनी महासङ्घले दिदैं आएको छ। 

bodut 3.jpg


प्रकाशित : शनिबार, असोज १६ २०७८०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend