आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नागरिक लगानी कोषले पायो नयाँ भवन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १६ २०७८
नागरिक लगानी कोषले पायो नयाँ भवन

कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको निर्माण थालिएको थियो। 

काठमाडौ- नागरिक लगानी कोषको नवनिर्मित भवन सहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ। शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो।

कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको निर्माण थालिएको थियो। 

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको थियो। 

शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई भवन हस्तान्तरण गरेका हुन्। 

कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमण कालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीको प्रसंशा गरे। नयाँ भवनबाट सेवाग्राहीले थप सुविधा पाउने विश्वास उनले व्यक्त गरे। 

भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गरे।  


प्रकाशित : शनिबार, असोज १६ २०७८०८:५१
  • सम्बन्धित विषय:

  • # नागरिक लगानी काेष
  • # काेषकाे नयाँ भवन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend