आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बागमगी प्रदेश सरकारले ३० विद्युतीय बस किन्न पुनः टेन्डर गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १६ २०७८
बागमगी प्रदेश सरकारले ३० विद्युतीय बस किन्न पुनः टेन्डर गर्ने

बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुंगानाले जानकारी दिए।

काठमाडौं- बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले ३० वटा विद्युतीय बस खरिदका लागि टेन्डर गर्न लागेको हो। 

बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुंगानाले जानकारी दिए। मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गरेको बोर्डले जनाएको छ। 

लागत अनुमानभन्दा २९.८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ छ। यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ। 

पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले बताए। हालै मन्त्रालयका सचिव फेरिएकाले काम केही दिन पर सरेकाले अब केही दिनमै बोर्डको बैठक बसेर  निर्णय हुने निर्देशक ढुंगानाले जानकारी दिए। 

बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भइसकेको छ। बोर्डले काठमाडौंको गोंगबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको छ। रासस


प्रकाशित : शनिबार, असोज १६ २०७८०७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend