काठमाडौं- साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ। असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको सेयर आइतबार बाँडफाँट हुन लागेको हो। आइतबार ९ बजे बाँडफाँट गर्न लागिएको हो।
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।
कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्तासेयर माग भएको छ। यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो।