शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कुलमान घिसिङद्वारा पदबहाली

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०७८
कुलमान घिसिङद्वारा पदबहाली

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन्। घिसिङले बुधबार रत्पार्कस्थित  प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्। 

काठमाडौं-  नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन्। घिसिङले बुधबार रत्पार्कस्थित  प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्। 

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त घिसिङले आफ्नो ४ वर्ष कार्यकाल पूरा गरी गत वर्षको भदौमा प्राधिकरणबाट बिदा भएका थिए। 

पदबहालीपछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा घिसिङले आफ्नो  व्यक्तिगत जीवनकै सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताकासाथ वहन गरी आम सुभेच्छुकहरुको विश्वासलाई फेरि पनि अझ उचाइमा लैजाने प्रतिबद्धता जनाए। 

'म विद्युत प्राधिकरणमा आउनै पर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहाने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु' उनले भने 'विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु, कसैको कुरा काट्ने र बिरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यानयनका गर्न कठोर भएर काम गर्नु पर्ने छ।'

सुशासनमा कठोर बन्दै सेवा प्रवाहलाई अझै सुधार गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गदै घिसिङले अहिले आम उपभोक्ताले गुनासो गर्ने गरेको झ्याप्प झ्याप्प बत्ती जाने समस्या समाधान गरी विद्युत आपूर्तिको गुणस्तर तथा विश्वसनीयता सुधारमा केन्द्रित हुने प्रतिबद्धता जनाए। 

 


प्रकाशित : बुधबार, साउन २७ २०७८१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend