शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

फोर्डको नयाँ एभरेष्टको बुकिङ खुल्यो, यस्तो छ मूल्य र विशेषता

images
बिजनेस न्युज
images
फोर्डको नयाँ एभरेष्टको बुकिङ खुल्यो, यस्तो छ मूल्य र विशेषता

२.० लिटर बीई-टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट अफरोड एसयूभीको रुपमा निक्कै चर्चामा छ। यो गाडीको सुरुवाती मूल्य १ करोड ९९ लाख रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ।  

images
images

काठमाडौ- फोर्ड मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले फोर्डको नयाँ एभरेष्टको बुकिङ खुला गरेको छ। कम्पनीले थाइल्यान्डमा बनेको उक्त गाडीको बुकिङ खुला गरेको हो।

images
images
images

२.० लिटर बीई-टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट अफरोड एसयूभीको रुपमा निक्कै चर्चामा छ। यो गाडीको सुरुवाती मूल्य १ करोड ९९ लाख रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ।  

images

एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने दाबी कम्पनीको छ।

images

२००३ मा पहिलो पटक बजारमा आएको फोर्ड एभरेष्टको सेकेन्ड जेनेरेसन मोडल २०१५ मा सार्वजनिक भएको थियो। यसमा भएको कम्फर्टेबल राइड क्वालिटीका कारण पारिवारिक यात्रा र अन्य यात्रालाई सधै आरामदायी बनाउने छ। 

images
images

फोर्ड एभरेष्टमा भएका विभिन्न प्रविधिले एसयूभी सगमेन्टलाई नै थप सशक्त बनाएको छ। नयाँ एभरेष्टमा भ्वाइस कमान्ड सहितका सिंक थ्री, एप्पल कारप्ले, किलेस इन्ट्री र पुस बटन स्टार्ट, रियरभ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्पलगायत विशेषता हुनेछन्। 

नयाँ एभरेष्टमा भएको २.० लिटर बीई-टर्बो डिजेल इन्जिनले २ सय १३ पीएस पावर र ५ सय एनएम टर्क जेनेरेट गर्छ। टर्क अन डिमान्ड, लकिङ गियर डिफ्रेन्सियल, बिग लोड क्यापासिटी, रोड स्टेबिलिटी सहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पुल-ड्रिफ्ट कम्पेन्सेसन सहितको ईपीएएसलगायत विशेषता उपलब्ध हुनेछन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स २ सय २५ एमएम हुनेछ। 

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार नयाँ एभरेष्ट २०२२ फस्टहाफमा नेपालमा उपलब्ध हुनेछ।  धेरै नयाँ ग्राहकले चाहेको एसयूभीको रुपमा फोर्ड एभरेष्टले पहिचान कायम गर्ने भन्दै उक्त गाडी सक्दो छिटो नेपाल ल्याउने बताए। 

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८१२:५५
  • सम्बन्धित विषय:

  • # फाेर्ड माेटर
  • # फाेर्ड एभरेष्ट
  • # एभरेष्ट बुकिङ
  • प्रतिक्रिया दिनुहोस