आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् - दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरौँ 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् - दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरौँ 

ट्रस्टमार्फत सामाजिक काममा ध्यान दिइरहेकी हिमानी ट्रस्टकी अध्यक्ष शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नवसुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्।

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारणमा ध्यान दिनुपर्ने बताएकी छिन्। 

शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन्। युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तौर तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताइन्। 

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्नेसमेत बताइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन्। 

'अब नवीन परिवर्तनात्मक तौर तरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरुलाई निश्चित समयभित्र कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली वन,नेपाली वस्तु किन भन्ने जस्ता नाराहरु आज अझ बढी यथार्थ भएको छ' शाहले भनेकी छिन्, 'मुलुकमा भइरहेको प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ।’

ट्रस्टमार्फत सामाजिक काममा ध्यान दिइरहेकी हिमानी ट्रस्टकी अध्यक्ष शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नवसुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्। उनले मुलुकको सेवा गरे मात्रै मुलुकले सबैको लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्न गरिरहनुपर्ने बताइन्। 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend