आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारतबाट यात्रुसहितका सवारी ल्याउन अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
भारतबाट यात्रुसहितका सवारी ल्याउन अनुमति

कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र दोस्रो सातादेखि नेपाल प्रवेशमा रोक लगाएको थियो।

काठमाडौं- कारोना महामारीका कारण भारतबाट यात्रुसहित आउने सवारीलाई लगाइएको रोक हटेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले भारतबाट यात्रुसहितका सवारीसाधनलाई प्रवेश अनुमति दिएको हो। 

कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र दोस्रो सातादेखि नेपाल प्रवेशमा रोक लगाएको थियो। सरकारको उक्त निर्णयसँगै शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधन यात्रुसहित नेपाल आउन थालेका छन्। 

नेपाल प्रवेश गर्दा यात्रुहरुले निश्चित स्वास्थ्य सम्बन्धि मापदण्डहरु भने पालना गर्नुपर्ने छ। गत असोज ५ गते सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी ओदश २०७८’ जारी गरेको थियो। त्यही अनुसार विभिन्न नाकाबाट सवारीसाधनमार्फत आउनु भारतीय यात्रुहरुलाई आउन दिइएको हो। 

शुक्रबारबाटै विभिन्न नाकाबाट भारतीय निजी सवारीसाधनहरु यात्रुसहित नेपाल प्रवेश गर्न थालेका छन्। सडक मार्गबाट भारतीय ठूलो संख्यामा नेपाल आउने गरेका छन्।  


प्रकाशित : शुक्रबार, असोज १५ २०७८११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend