आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अपि पावरले हकप्रद निष्काशनको अनुमति पायो, कहिले खुल्छ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
अपि पावरले हकप्रद निष्काशनको अनुमति पायो, कहिले खुल्छ?

विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको छ। कम्पनीले चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो।

काठमाडौं- विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको छ। कम्पनीले चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो। कम्पनीले दसैँलगत्तै जारी गर्ने तयारी गरेकाे छ। 

गत भदौ ३० गते आयोगमा पेश गरेको प्रस्तुतीकरण र असोज ६ गते पेश गरेको थप कागजजातको आधारमा हकप्रद जारीका लागि अनुमति दिइएको आयोगले जनाएको छ। 

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। प्रस्तावित एक करोड ८ लाख कित्ता हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद मार्फत संकलन गरेको पूँजीलाई आयोजना निर्माणका लागि प्रयोग गर्नै पर्ने सर्त तोकिएको छ। 

api.png

 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend