मंगलबार, जेठ १ गते २०८१    
images
images

बुद्ध एयरको घटनामा समितिले थाल्यो छानविन

images
शुक्रबार, असोज १५ २०७८
images
images
बुद्ध एयरको घटनामा समितिले थाल्यो छानविन

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान समितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छानविन सुरु गरेको छ।

images
images

काठमाडौं- नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान समितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छानविन सुरु गरेको छ।

images
images
images

शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो। छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए।

images

‘बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे। 

images
images

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको दावी गरेका छन् । उनले नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताए।

images
images

‘हाम्रो पार्टबाट हामीले कहीँ कतै कमजोरी छोडेका छैनौँ,विगतको घटनाहरु म भन्न चाहन्न,तर अहिले राजुजीको जुन टीम छ, प्लस हामीले बाहिरबाट पनि ल्याएका छौँ, क्षेत्रीले भने। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए। उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए।

यति एयरलाइन्सका अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए। कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने बताए।

श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए।

उनले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताए। उनले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए।

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend