मंगलबार, जेठ १ गते २०८१    
images
images

पोखरा विमानस्थलमा हवाई इन्धनको ट्यांकी बनाउने ठेक्का रद्द, समयमै विमानस्थल सञ्चालनमा आशंका

images
बिजनेस न्युज
images
images
पोखरा विमानस्थलमा हवाई इन्धनको ट्यांकी बनाउने ठेक्का रद्द, समयमै विमानस्थल सञ्चालनमा आशंका

निर्माणको चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनका लागि ३६ हजार लिटर क्षमताको ट्यांकी बनाउन गरिएको ठेक्का रद्द भएको छ।

images
images

काठमाडौं- निर्माणको चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनका लागि ३६ हजार लिटर क्षमताको ट्यांकी बनाउन गरिएको ठेक्का रद्द भएको छ।

images
images
images

दुई साता अगाडि नेपाल आयल निगमले ट्यांकी र  रिफिल विस्तारको लागि नेपाल आयल निगमले टेन्डर गरेको थियो। तर सार्वजनिक खरिद पुनरावोलकन समितिले टेन्डर प्रक्रिया रोक्न निर्देशन दिएपछि निगमले ठेक्का रद्द गरेको हो। 

images

पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको बेला आयल निगमले जहाजमा इन्धन भर्नका लागि ट्यांकीसहितको पाइपलाइन विस्तारको लागि टेन्डर निकालको थियो। 

images
images

१२ सय किलोलिटरका ३ वटा हवाई इन्धन ट्यांकी र वाटर ट्यांकी १२ सय किलोलिटर क्षमताको पानी ट्यांकीसमेत निर्माण गरिने योजना छ। सबै काम सम्पन्न गर्नका लागि अनुमानित १ अर्ब रुपैयाँ खर्च हुने छ। 

images
images

पोखरामा निर्माणको चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने मिति सकिनै लाग्दा ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। आयोजनाका लागि सरकारले ६ महिना म्याद थप गरिसकेको छ। विमानस्थल सञ्चालनको मिति नजिक हुने समयमा इन्धन ट्यांकीनै नबन्ने अवस्था आएको छ।

पोखरा विमानस्थल भने २०७४ मा सुरु भएको थियो। २०७७ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सममयमै सम्पन्न गरिसक्ने योजनामा आयोजना रहे पनि ६ महिना समय थपिने पक्का भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो।

हालसम्म धावनमार्ग (रनवे) आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल ९एटिसी० भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ। त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ। 

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend