आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति भर्ने ?

शुक्रबार, असोज १५ २०७८
न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति भर्ने ?

न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन खुला गरेको हो। 

काठमाडौं- न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन खुला गरेको हो। 

निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरीदका लागि आवेदन दिन सकिनेछ। 

 

 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८०३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend