आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गोपाल सिग्देल सचिवमा बढुवा, भौतिक मन्त्रालय पठाउने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
गोपाल सिग्देल सचिवमा बढुवा, भौतिक मन्त्रालय पठाउने तयारी

सडक विभागका पूर्वमहानिर्देशक गोपाल सिग्देल सचिवमा बढुवा भएका छन्। सरकारले सहसचिव प्राविधिक गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

काठमाडौं- सडक विभागका पूर्वमहानिर्देशक गोपाल सिग्देल सचिवमा बढुवा भएका छन्। सरकारले सहसचिव प्राविधिक गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

बालुवाटार स्रोतका अनुसार सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव बनाउने तयारी छ। हाल भौतिक मन्त्रालयमा रन्विन्द्र श्रेष्ठ सचिव रहेका छन्। श्रेष्ठलाई सरुवा गरेर सिग्देल लैजाने तयारी गरिएको हो।  

बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको बताए। उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको समेत बताए। विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।


प्रकाशित : बिहीबार , असोज १४ २०७८१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend